विषादी सेवनका कारण दाङमा एकै दिन चार जनाको मुत्यु

दाङ, २१ साउन । दाङमा विषादी सेवनका कारण एकै दिन चार जनाको मुत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तुलसीपुर ९ वेलुवा बस्ने ३७ वर्षिय मिन बहादुर विकले सोमवार दिउँसो साढे १२ वजेतिर सल्फास नामक विषादी सेवन गरी गम्भिर विरामी परेको र उपचारका लागी कोहलपुर मेडिकल लैजादै गर्दा दिउँसो एक वजेतिर बाटोमा नै मुत्यु भएको हो । यस्तैगरी तुलसीपुर १९ विजौरी निवासी ५० वषर््िाया बम कुमारी रोका मगरले पनि सोमवार राती एघार बजेतिर विषादी सेवन गरी आत्महत्या गरेको प्रहरीले बताएको छ । यस्तै राजपुर गाउँपालिका वडा नम्वर ६ गंगदी बस्ने २१ वर्षिया मिरा चौधरीको विषादी सेवनका कारण मुत्यु भएको प्रहरीले बताएको छ । यस्तै तुलसीपुर २ निवासी अन्दाजी ३७ वर्षिय मिन बहादुर विष्टको पनि विषादी सेवन गरेकै कारण सोमवार मुत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ साउन २१ गते मङ्गलवार
प्रतिक्रिया