मोटरसाईकलले ठक्कर दिदा पैदलयात्रीको मुत्यु

तुलसीपुर, २१ साउन । मोटरसाईकलले ठक्कर दिदा दाङमा एक पैदलयात्रीको मुत्यु भएको प्रहरीले जनाएको छ । गढवा गाउँपालिका वडा नम्वर ५ बाँकीचोक स्थित गढवा कालाकाटे दामोदर सडक खण्ड अन्र्तगत पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लु ५ प ५७११ नम्वरको मोटरसाईकलले सोमवार राती साढे आठ बजेतिर ठक्कर दिदा पैदलयात्री सोहि ठाउँको सोेनपुरुवा बस्ने अनजादी ६५ वर्षिय गंगाराम यादवको मुत्यु भएको हो । मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका यादवको लमही अस्पतालमा उपचारको क्रममा गएराती नै मुत्यु भएको जिल्ला प्रहर िकार्यालय दाङले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाईकल चालकलाई प्रहरील नियन्त्रणमा लिएको जनाईएको छ ।

प्रकाशित मिति : २०७६ साउन २१ गते मङ्गलवार
प्रतिक्रिया