बाग्लुङमा पहिरोमा परि तिन जनाको मुत्यु

बाग्लुङ , २० साउन । अविरल बर्षातका कारण बाग्लुङको तमानखोला गाउँपालिका ४ मा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । आईतवार साँझ देखी परेको अविरल बर्षातका कारण घरमाथिदेखि आएको पहिरोले पुरिँदा तमानखोला गाउँपालिका वडा नं.४ का बर्ष ४५ कि पञ्चमा सिर्पाली, ७० बर्षिय असारी सिर्पाली र १२ बर्षिय प्रविण सिर्पालीको मृत्यु भएको तमानखोला ४ का वडा अध्यक्ष उदिमबहादुर छन्त्यालले जनाए । असारी र प्रविण एकै घरका बाजे नाती रहेको बुझिएको छ । त्यस्तै सोहि क्षेत्रमा गयरातीकै बर्षातका कारण पाँचघर पहिरोले पुरिँदा अन्य ६ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २०७६ साउन २० गते सोमवार
प्रतिक्रिया