“जनतालाई कति भुलाउछौँ” तिज गित सार्वजनिक

तुलसीपुर, २० साउन । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि हिन्दुनारीहरुको महान् पर्व हरितालिका (तिज) नजिकीदै गर्दा तिज गित निकाल्नेहरुको होर्डबाजी चलेको छ । प्रत्येक वर्षको एक पटक आउने तिज पर्वलाई मध्येनजर गदै नयाँ नयाँ तिज गित निकाल्नेहरुको संख्या पनि उत्तिकै बढ्दो क्रममा रहेको पाईन्छ । यस वर्ष २०७६ सालको तिज पर्व नजिकिदै गर्दा विगतमा जस्तै केहि पुराना कलाकार र केहि नयाँ कलाकारहरु विच नयाँ तिज गित निकाल्नका लागी दौडधुप गरेको पाईन्छ । यसैक्रममा दाङका केहि कलाकारहरुले पनि यस वर्ष तिज गित बजारमा ल्याएका छन् ।

“जुन गित हो जनतालाई कति भुलाउछौँ,” उक्त गितमा छवि परियारको शब्द, राधिका परियार,लक्ष्मी परियार र अमरनाथ परियारको स्वर, राधिका परियारकै संगित, लोकेन्द्र शाहको निर्देशन, अमर परियारको थेगो, मनिष पन्थको छांयाङकन तथा सम्पादन रहेको छ । गितको भिडियोमा कलाकारहरु संन्दिप न्यौपाने, प्रेमा गैरे र ईरा भट्राईले अभिनय गरेका छन् । उक्त गित बजारमा आईसकेको र सोमवार मात्रै सार्वजनिक गरिएको हुदा युट्युवमा पनि हेर्न सकिने छवि परियारले जानकारी दिएका छन् ।

भिडियो हेर्नका लागी यहाँ क्लिक गर्नुहोस्  https://www.youtube.com/watch?v=Kj1EMK6kRtM

 

प्रकाशित मिति : २०७६ साउन २० गते सोमवार
प्रतिक्रिया