स्थानीय सरकारसंग मिलेर काम गर्ने पतञ्जलीको इच्छा

हरिद्धार, भारत 

पतञ्जली योगपिठ हरिद्धारका आचार्य बालकृष्ण र तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेका विचमा भेटवार्ता भएको छ । भेटका क्रममा तुलसीपुरमा स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने चासो देखाएका छन् । नगरप्रमुख पाण्डेले प्रतिनिधित्व गरेको मण्डलमा उपमहानगरपालिका, पतञ्जली योग समिति र तुलसीपुर उद्योग वाणिज्य संघको सहभागिता रहेको थियो ।

\भेटमा आचार्य वालकृष्णले पूर्ण तयारीका साथमा कार्यक्रम तालिका उपलब्ध गराए स्वामी रामदेवलाई दाङ ल्याउने प्रतिवद्धता व्यक्त गरेका हुन् । ‘तपाईहरु पूर्ण तयारीका साथमा काम अगाडि वढाउनुहोस् स्वामी जीलाई ल्याउनका लागि हामी तयार छौं ’ उनले भने । आफु नेपाली भएकाले नेपाली भूमिमा काम गर्नका लागि उत्साहित भएको वताउँदै आचार्यले कतिपयलाई नेपालमा पतञ्जलीका वारेमा गलत भ्रम रहेकाले केही काम अधुरा रहेको गुनासो गरे । ‘नेपालमा काम गर्ने मौका पाए पतञ्जलीले अवश्य गर्नेछ । ’ उनको भनाई थियो ।

वेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको खाली जग्गामा काम गर्ने गरी केही समय पहिले प्रक्रिया अगाडि वढाएको भएपनि आवश्यक सहयोग पाउन नसक्दा पछि हटेको दुखेसो पनि उनले पोखे । ‘अहिले स्थानीय सरकार आएको छ तपाईहरुले जग्गाको व्यवस्थाका लागि पहल गरिदिनुभयो भने अवश्य पनि केही नयाँ काम गर्नेछौ’ आचार्य बालकृष्णको भनाई थियो ।

प्रकाशित मिति : २०७६ साउन २० गते सोमवार
प्रतिक्रिया