मजदुर संगठनद्धारा २१ हजार सहयोग

तुलसीपुर, १९ साउन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर उपमहानगर कमिटिद्धारा सवारी दुर्घटनामा परि ज्यान गुमाएका मृतकका आफन्तीलाई २१ हजार रुपैया आर्थिक सहयोग गरिएको छ ।यातायात मजदुर डिल्ली बहादुर वलीको गत असार १४ गते सवारी दुर्घटनामा परि मुत्यु भएको थियो ।पश्चिम दाङको रगैचा देखी तुलसीपुर तर्फ आउदै गर्दा जिप दुर्घटना भएको थियो । मृतक वली जिप चालक हुन् ।

सवारी दुर्घटनामा परि ज्यान गुमाएका यातायात मजदुरहरुलाई संगठनले २१ हजार रुपैया सहयोग गदै आएको छ । सोहि अनुरुप संगठनले आईतवार एक कार्यक्रमको आयोजना गरी मृतक वलीकी धर्मपत्नी डिला वलिलाई रकम उपलब्ध गराईएको छ । उपमहानगर कमिटिका अध्यक्ष केशब बहादुर भण्डारी,संगठनका केन्द्रिय सदस्य खगेन्द्र बहादुर वली,तुलसीपुर उपमहानगर कमिटिका सहसचिब केशब राम्जा, सदस्य रमेश घर्ती र सल्लाहार टेक बहादुर डाँगीले संगठनको तर्फबाट सयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : २०७६ साउन १९ गते आइतवार
प्रतिक्रिया