लागु औषध सहित तिन जना पक्राउ

दाङ, १९ साउन । लागु औषध सहित पक्राउ परेका तिन जनालाई नवलपरासी प्रहरीले आईतवार सार्वजनिक गरेको छ । जिल्लाको देवचुली नगरपालिका वडा नम्वर १६ को फारम चोक नजिकै प्रहरी टोलिले पश्विमबाट पुर्व तर्फ जादै गरेको लु अ.अ. ४२५३ नम्वरको टाटा सुमो गाडीलाई चेकजाँच गर्ने क्रममा सोहि गाडीमा सवार जिल्ला कास्की पोखरा महानगरपालिका २१ बस्ने बर्ष ४० का जितेन के.सी (कार्की) र गाडी चालक रुपन्देही ओमरतिया गाउँपालिका ४ बैतौलिया बस्ने बर्ष ३४ को चुनमुन मल्लाहालाई लागु औषध सहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटका अनुसार उक्त गाडीको सिट मुनि लुकाई छिपाई राखेको अवस्थामा नुर्फिन ६०,फेनारागन ६० र डाईजेपाम सेरिजेक ६० एम्पुल गरी जम्मा १८० एम्पुल लागु औषध फेला परेको छ ।यस्तैगरी कावासोती नगरपालिका वडा नम्वर १६ तिनघरेचोक स्थित राजमार्गमा शनिवार राती ८ वजेतिर एक जना लागु औषध सहित पक्राउ परेका छन् ।

पश्चिमबाट पुर्व तर्फ आईरहेको ना ७ ख ६७४७ नंम्वरको बसलाई चेकजाँच गर्नेक्रममा जिल्ला गोरखा शहिद लखन गाउँपालिका वडा नंम्वर ३ मनकामना बस्ने बर्ष २३ को बिशाल थापालाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको हो । उनको साथबाट २ मिलिग्राम झोल सहितको डाईजापाम २ सय एम्पुल,फेनरागन दुई सय एम्पुल र नुफिन २०० एम्पुल लागु औषध फेला पारेको डिएसपी रानाभाटले जानकारी दिएका छन् । पक्राउ परेका तिनै जना विरुद्ध लागु औषध ओसारपसार तथा कारोवार शिर्षकमा मुद्धा दर्ता गरी अदालतबाट म्याद थप गराई आबश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ साउन १९ गते आइतवार
प्रतिक्रिया