दाङमा १७ हजार वढि नयाँ मतदाता थपिए

दाङ, १९ साउन । दाङमा वितेको डेढ वर्षको अवधीमा १७ हजार बढि नयाँ मतदाता थपिएका छन् । २०७४ साल मंसीरमा भएको प्रदेश र संघको निर्वाचनको समयमा ३ लाख ४५ हजार छ सय ३३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । त्यसयताको डेढ बर्षको अवधीमा १७ हजार २ सय १० जना मतदाता थपिए पछि हाल ३ लाख ६२ हजार ९ सय ४२ मतदाता पुगेको कार्यालयले बताएको छ । कार्यालयका अनुसार जिल्ला निर्वाचन कार्यालय , जिल्ला प्रशासन कार्याल, ईलाका प्रशासन कार्यालय तुलसीपुर र लमहीबाट अहिले पनि फोटो सहितको मतदाता नामावली संकलन गर्ने काम भईरहेको छ । आजको नयाँ युगवोध दैनिक पत्रिकामा यो खवर प्रकाशित भएको छ ।

प्रकाशित मिति : २०७६ साउन १९ गते आइतवार
प्रतिक्रिया