सडकसम्म व्यापार,, मौन उपमहानगरपालिका !

तुलसीपुर, १९ साउन
साँगुरो सडक चौडा बनाउन घर भत्काएको तुलसीपुर उपमहानगरपालिकाले त्यसको व्यवस्थापनमा ध्यान नदिएको गुनासो आउन थालेको छ । घर भत्काए पनि त्यहाँ रहेका भग्नावषेश हटाउने देखि फुटपातमा रुपमा गरिने व्यसायको समेत व्यवस्थापन समयमै नगर्दा उपमहागरपालिकाको आलोचना हुन थालेको हो । तुलसीपुर – सुर्खेत सडक खण्डको ओरालोमा रहेको पिपलबोट देखि बसपार्क सम्मको सडक चौडा बनाउने भन्दै उपमहानगरपालिकाले करिब एक महिना अघि २० वटा पक्की घर भत्काएको थियो । सवारी दुर्घटनाको दृष्टिकोणले तुलसीपुर बजारको सबै भन्दा बढी जोखिमपूर्ण स्थान मानिने त्यस क्षेत्र, पछिल्लो समय झनै जोखिमपूर्ण भएको छ । भौतिक संरचना हटाइएका त्यस क्षेत्रमा ठेला, फलफुल र तरकारी व्यवसायीको विहानै देखि भिडभाड लाग्ने गरेको छ ।
सडक छेउँमा गरिएको अव्यवस्थीत व्यापारले सडकसम्मै आउँदा छेउँमै गुडेको सवारी साधनको जोखिनम बढेको छ । सडकको किनारैकिनार हिडेका यात्रुलाई समेत सडक वारपारमा कठिनाई भएको छ ।
सयौं सवारी साधन ओहोर दोहर गर्ने स्थानमा मान्छेको अव्यवस्थीत भिडभाडले जतिखेर पनि मानविय क्षेति हुन सक्ने राजु खत्रीले जानकारी दिए । व्यवसायीलाई क्षेनिक आर्थिक लाभ भए पनि जुनसुकै बेला हुने क्षेतिले गुमेको खुशी फर्काउन नसकिने नागरिक बताउछन् ।

उपमहानगर बन्यो रमिते
यता तुलसीपुर उपमहानरपालिका ले विहीबार तत्काल हटाउने बताएपनि अहिले सम्म हटाउन सकेको छैन । उपमहानगरपालिकाका प्रवक्ता श्याम डाँगीले आफुहरुले पहिलो पटक जानकारी पाएको भन्दै तत्काल हटाउने बताएएका थिए । उनले हटाउने भनेको ४ दिन वितिसक्दा समेत सडक वरपर अव्यवस्थीत रुपमा ठेला, फलफुल र तरकारी व्यवसायीले निर्वाध रुपमा सडकपेटी अतिक्रमण गरेर व्यवसाय गरिरहेका छन् । ती व्यवसायीले त्यस क्षेत्रमा व्यवसाय गरेवापत विभिन्न व्यक्तिहरुलाई सामान्य आर्थिक रकम र भान्छा सम्म तरकारी पु¥याईदिने समेत गरेको स्रोतले बताएको छ ।

 

प्रकाशित मिति : २०७६ साउन १९ गते आइतवार
प्रतिक्रिया