बसपार्कमै बसको छतमा शव फेला

दाङ, १८ साउन । बुटवलको नयाँ बसपार्कमा बसको छतमा शव फेला परेको छ । प्रहरीका अनुसार गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव लु१ ख ६१३७ नंम्बरको बसको छतमा भेटिएको हो ।पार्किङ गरिराखेको बसको छतमा मृतकको शरीरको केहि भाग सडेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक थापा बसपार्कमा यात्रुहरुलाई बोलाएर बसमा चढाउन सघाउने काम गर्दै आएका व्यक्ति हुन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०७६ साउन १८ गते शनिवार
प्रतिक्रिया