रोटरी क्लबद्धारा दुई जना नयाँ सदस्यलाई स्वागत

तुलसीपुर, १८ साउन । रोटरी क्लब अफ तुलसीपुर सिटीको ५०० औँ बैठक शुक्रबार तुलसीपुरमा सम्पन्न भएको छ । बैठकले सामाजिक क्षेत्रमा कृयाशिल दुईजना युवा व्यवसायीलाई नयाँ सदस्यको रुपमा क्लबमा स्वागत गरेको छ । रोट्रयाक्ट क्लब अफ तुलसीपुरका निवर्तमान अध्यक्ष तथा पूर्व क्रिकेटर रुपेश शर्मा र तुलसीपुर नगर जेसिजका निवर्तमान अध्यक्ष दिपेश भण्डारीलाई क्लबका पूर्व अध्यक्ष अनुप कुमार श्रेष्ठ र बिमल रिजालले रोटरी पिनको लोगो लगाएर स्वागत गर्नुभएको थियो ।
सो अवसरमा क्लबका अध्यक्ष देव बहादुर केसीले समाजलाई सकारात्मक परिवर्तनको बाटोमा हिडाउनको लागि क्लबले नयाँ सदस्यता थप गरेको बताउनु भएको छ ।क्लबका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले संस्थाको नियमानुसार नवप्रवेशीलाई प्रवर्तन गराउदै समाज सेवाको भावनाले अगाडि बढ्नुपर्ने बताउनुभयो । क्लबका पूर्व अध्यक्ष बिजय केसीले नवप्रवेशीहरुलाई रोटरीको ज्ञान अभिवृद्धिका लागि रोटरी पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।

क्लबका भावी अध्यक्ष सुरेश हमालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नबिन राई, ईन्ट्रयाक्ट क्लब अफ गोरखा स्कुलका अध्यक्ष कृष्ण गौतम लगायतको सहभागिता रहेको थियो । क्लबका पूर्व अध्यक्ष धर्मेन्द्र वैश्यले धन्यावाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजीकरण सचिव सन्दिपन रिजालले गर्नुभएको थियो ।क्लबको सदस्य बन्ने अवसर प्रदान गरेकोमा दुवै सदस्यले धन्यवाद समेत व्यक्त गर्नुभएको थियो  ।

बुलेटिन विमोचन
यसै बिच क्लबले नियमित रुपमा प्रकाशन गर्दै आएको रोटरी वर्ष २०१९–२० को जुलाई महिनाको पहिलो मासिक बुलेटिनको पनि विमोचन गरेको छ । संयुक्त रुपमा बुलेटिन विमोचन गर्दै क्लबका पूर्व अध्यक्ष ललित बहादुर घर्ती र विरु रावतले क्लवले गरेका बिभिन्न गतिविधिहरु समेटिएको बुलेटिन प्रकाशित गर्नु अत्यन्त सह्रानिय कार्य भएकाले यसलाई क्लबले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०७६ साउन १८ गते शनिवार
प्रतिक्रिया