अवैध मदिरा नष्ट गर्दै प्रहरी

तुलसीपुर,१७ साउन ।
पर्वको समय आउदै गर्दा प्रहरीले मदिरा नियन्त्रण गर्न अभियान नै चलाएको छ । यसैक्रममा दाङ प्रहरीले अबैध मदिरा बरामद गरि नष्ट गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलिले घोराही उपमहानगरपालिका वडा नम्बर १३, १४ र १८ का विभिन्न स्थानबाट मदिरा बरामद गरि नष्ट गरेको हो ।

मदिरा जन्य पदार्थ ३३ सय लिटर र तयार पारिएको २ सय ३० लिटर मदिरा बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बरामद गरिएको मदिरा वडा नम्बर १७ गैरागाँउ स्थित कटुवाखोलामा नष्ट गरिएको प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन ।

 

प्रकाशित मिति : २०७६ साउन १७ गते शुक्रवार
प्रतिक्रिया