छोरालाई क्यान्सर, जीवन बचाईदिन बावु-आमाको अपिल

तुलसीपुर,१७ साउन ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ भोजपुर निवासी मेघ बहादुर वली र अञ्जु वलीले आफ्नो छोराको जीवन बचाईदिन अपिल गरेका छन । छोरा विपिन वलीलाई कलिलो उमेरमा क्यान्सर भएपछि उपचारको लागि आर्थिक सहयोगको लागि आग्रह गरेका हुन ।
आफूसँग भएको पैसा र ऋण काढेर हालसम्म उपचार भएपनि थप रुपैयाँ नभएपछि उनको उपचारमा समस्या भएको छ ।

घर र आफन्तको सहयोगमा हालसम्म उपचार गराउँदा भएको पैसा जति सकिएपछि उपचार गराउन समस्या भएको बुवा मेघ बहादुर वलीले बताएका छन । सबैबाट आर्थिक सहयोग पाएपछि कलिलो उमेरको छोरालाई बचाउन सकिने उनले बताए । सहयोग गर्न ईच्छुक ब्यक्तिले मोवाईल नम्बर ९८२२९,९६,२०४ मा सम्पर्क गर्न अनुरोधसमेत गरेका छन् ।

यसैविच,क्यान्सर पिडित तुलसीपुर उपमहानगरपालिका वडा नं १४ मलवार निवासी बिपिन ओलीको सहयोगका लागि अभियान चलाईएको छ ।२० बर्षीय ओली यही बैशाखदेखि रक्त क्यान्सर भएको थियो । उनको अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।

आर्थिक अबस्था कम्जोर भएका कारण उपचारमा सहयोग पु(याउन तुलसीपुरका बिभिन्न क्रियाशिल संस्थाहरुको पहलमा चटपटे ब्यापार गरिएको छ । दाङ फिमेनाग्रुप, राईटपाथ कन्सेलटेन्सी, दारी ग्याङ, द सल्यास ब्यान्डले बिहीबार बजारका विभिन्न स्थानमा चटपटे बेचेका हुन् । त्यसबाट करिब ४३ हजार रुपैँया आर्थिक सहयोग भएको दारी ग्याङका विशाल पोख्रेलले जानकारी दिएका छन । संकलन भएको उक्त रकम बैंक मार्फत पीडित ओलीको खातामा पठाईने भएको छ ।

 

प्रकाशित मिति : २०७६ साउन १७ गते शुक्रवार
प्रतिक्रिया