तुलसीपुरका झण्डै ४ सय कुकुरलाई रेबिजविरुद्धको खोप

तुलसीपुर, १५ साउन
पशु सेवा शाखा तुलसीपुरले एक बर्षमा झण्डै चारसय बढी कुकरलाई रेबिजविरुद्धको भ्याक्सीन लगाइएको छ । आर्थिक बर्ष २०७५÷७६ मा तीन सय ७९ वटा कुकुरलाई रेबिजविरुद्धको भ्याक्सीन लगाएको कार्यालयले जनाएको छ । रेब्द भाइरसबाट सर्ने भएकाले विशेष गरी घरमा पालिएका कुकुरलाई बर्षमा एक पटक रेबिजविरुद्धको सुई लगाउने गरिएको पशु सेवा प्राविधिक नवराज रेग्मीले जानकारी दिनुभयो । भाइरसबाट सरेपछि कुकुर बौलाहाएर पशु र मान्छेलाई टोक्दा मर्ने भएकाले यसबाट बच्न रेबिजविरुद्धको भ्याक्सीन लगाउने गरिएको प्राविधिक रेग्मीले बताउनुभयो । बौलाहा कुकुरले टोकेमा समयमै रेबिज विरुद्धको खोप लगाए यसबाट बच्न सकिन्छ ।

 

प्रकाशित मिति : २०७६ साउन १५ गते बुधवार
प्रतिक्रिया