क्यान्सर पिडित वलि द्वारा सहयोगका याचना

शरद रेग्मी 
दाङ,श्रावण १४ / तुलसिपुरका क्यान्सर पिडित नारायण वलिले अार्थिक सहयोगकाे याचना गरेका छन । मगंलवार नमुना युवा संसद तुलसीपुर उपमहानगरपालिकाले रिपोर्टस क्लव दाङमा पत्रकार सम्मेलनको आयोजना गरि पिडीत वलिकाे जीवन बचाउन सहयोगकाे याचना गरेकाे छ ।
 यता उनका शुभेच्छुक हरुले सङकलन गरेकाे ४७ हजार नगद रकम एक कार्यक्रमका बिच सहयोग गरिएको हो । वलि विगत ५ वर्ष देखि हड्डी क्यान्सर पिडीत छन । हाल उनी तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बेलझुण्डीमा बस्दै आएका छन ।
५ वर्ष पहिले स्कुलबाट घर फर्कदै गर्दा मोटर साइकल दुर्घटनामा परि वलि घाइते भएका थिए । त्यतिबेला उपचार गर्दा केही चोट देखिएन,खुट्टामा सामान्य रड राख्यौ,पिडित वलिले भने,–तर ६ महिना पछि खुट्टो दुख्न थालेपछि चेकअप गर्दा डाक्टरले क्यान्सर भएको भएको जानकारी दिएको उनले बताए ।
त्यसपछि पनि ४,५ पटक सम्म  अप्रेसन गरियो,सन्चो भएन उनले भने ।  अहिले सम्म यसको उपचारका लागी १५ लाख खर्च भैसक्यो,डाक्टरले अझै यो सन्चो हुदाँ सम्म ८,९ लाख खर्च हुने उनले बताए ।  क्यान्सर पिडीत वलिले हाल काठमाडौको ट्रमा सेन्टरमा उपचार गराउदै आएको बताए । उनले आफ्नो जिवन बचाइदिन सबैमा अनुरोध गरेका छन ।  सहयोग गर्न चाहाने व्यक्तीले  वलिको एनआइसि बैकंको खाता नं ०६५५५७५०४६२००६००१ वा मोवाइल नम्मर ९८१०८१७०४३ मा फोन गर्न आग्रह समेत गरेका छन । कार्यक्रम रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०७६ साउन १४ गते मङ्गलवार
प्रतिक्रिया