प्युठान प्रहरीद्धारा गलत हल्ला फैलाउनेको खोजी तिब्र

 

तुलसीपुर, १२ साउन
प्युठान प्रहरीले सामाजिक संजाल फेसवुकमा गलच सूचना पोष्ट गरी समाजमा गलत हल्ला फैलाउने व्यक्तिको खोजी तिब्र पारेको छ । सोनाम छिरीङ शेर्पाले आफनो फेसवुक वालमा साँझ ७ बजेपछि प्युठानको स्वर्गद्धारी नगरपालिका – ६ स्थित रुमालेको दोस्रो घुम्तिमा जीप दुर्घटना हुदा ६ जनाको मृत्यु भएको र तीन जना घाइते भएको भन्दै पोष्ट गरेका थिए ।

उनले पोष्ट गरे लगत्तै विभिन्न ठाउँबाट पत्रकारहरुले जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेपछि वास्तविकता बुझन प्रहरी त्यसर्फ लागेको थियो । गलत हल्लाका कारण प्रहरी रुमाले पुगेपछि क्रुद वनेको छ । प्रहरीले सामाजिक संजाल फेसवुकमा गलत हल्ला फैलाउनेका विरुद्ध साइवर क्राइम मुद्दा चलाउने तयारी गरेको छ । ‘त्यसको खोजी तिब्र बनाएका छौ,’ जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले भने–‘ समाजमा गलत अफवा फैलाउनेलाई पक्राउ गरी साइबर क्राइम मुद्दा चलाउछौ ।’

प्रकाशित मिति : २०७६ साउन १२ गते आइतवार
प्रतिक्रिया