प्रेमिकाको हत्या गर्ने १२ बर्षपछि पक्राउ

तुलसीपुर, १२ साउन
प्रेमिकाको हत्या गरी भागेका एक व्यक्तिलाई प्रहरीले १२ बर्षपछि पक्राउ गरेको छ ।  नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काभ्रेपलाञ्चोकका ३७ वर्षीय राजेश लामा लाई साउन १० गते पक्राउ गरी आज सार्वजनिक गरेको हो । लामाले २०६४ साल पुस २७ मा ललितपुर महानगरपालिका–१५ इमाडोलमा मकवानपुरका २२ वर्षीय तारा भन्ने सुनिता लामाको हत्या गरेका थिए ।

ब्यूरोले आज पत्रकार सम्मेलन गरी इमाडोल गाविस– ५ सुवेदीगाउँस्थित डम्बरबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लामाको हत्यामा संलग्न राजेशलाई सानेपाबाट पक्राउ गरिएको जानकारी दिएको हो ।

सम्मेलनमा ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक निरजकुमार शाहीले राजेश र ताराको बिहे गर्नका लागि सिन्दूर पोते गर्ने सल्लाह भए पनि ताराको अर्को केटासँग प्रेम सम्बन्ध भएपछि हत्या गरेको अनुसन्धानमा खुलेको जानकारी दिए।

‘घटना घट्नुभन्दा ६र७ महिना पहिलादेखि राजेशको तारासँग प्रेम सम्बन्ध भएको र ताराको कोठामा आउनेजाने गरेको तर बिहे गर्ने बेलामा ताराको अर्को केटासँग सम्बन्ध भएको थाहा भएपछि हत्या गरिएको अनुसन्धानमा खुलेको छ’, उनले भने ।

विवाह रद्द भएपछि गाउँमा बेइज्जत भएको महसुुस गरी रु एक हजारको छुरा किनेर ताराको हत्या गरेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २०७६ साउन १२ गते आइतवार
प्रतिक्रिया