घरघरमा योग पुग्छ–नगर प्रमुख पाण्डे

दाङ १२ साउन ।तुलसिपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले नगरवासिहरुलाई स्वस्थ बनाउन आफुले यस बर्ष टोल टोलमा योग घरघरमा योग भन्ने अभियान अघि सारेको बताउनुभएको छ ।उहाले नगरबासिहरुलाई सुखि,सम्बृद्धि र खुशी बनाउन आफुले विभिन्न माध्यमबाट भुमिका खेलिरहेको बताउनुभयो ।आईतबार पतन्जली योग रोग निवारण केन्द्र पार्टी प्यालेस तुलसीपुरले आयोजना गरेको सामुहिक योग शिबिरको शुभारम्भ गर्दै नगर प्रमुख पाण्डेले यस्तो बताउनु भयो ।

तुलसिपुर सहित जिल्लालाई योगमय बनाउन र अझ धेरै जनमानसमा उत्साह जगाउन चर्चित भारतिय योग गुरु रामदेब बाबालाई तुलसिपुर ल्याउन आफु लागि परेको समेत जानकारी दिनुभयो ।साथै उहाले संस्थागतरुपमा हरिद्वार पुगेर पहिलो चरणको बैठक बस्ने मिति तय भएको बताउदै अन्तर्रा्ष्ट्रिय योग गुरु रामदेव बाबालाई दाङ ल्याउने तयारी भएको बताउनु भयो । कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ का प्रभारि योग गुरु प्रेम शाहले ब्यायम,प्रणाम र ध्यानले जिवनलाई स्वास्थ बनाउन मदत पुग्ने बताउनुभएको छ ।सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष टोपबहादुर केसी,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीलगायतले पार्टि प्यालेस सेण्टरले निरन्तर सकारात्मक र सामाजिक क्षेत्रमा हातेमालो गर्न सफल भएको भन्दै प्रशशा ब्यक्त गर्नुभयको थियोे ।

प्रकाशित मिति : २०७६ साउन १२ गते आइतवार
प्रतिक्रिया