आज हलोक्रान्ति दिवस

काठमाडौ, ११ साउन । आज ७० औं हलोक्रान्ति दिवस । देशमा प्रजातन्त्रको उदय हुनुअघि वि.सं. २००६ साल साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा केहि व्यक्तिहरुले सामुहिकरुपमा हलो जोतेका थिए । ब्राह्मणबाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि पंण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी लगायत २७ जनाले नेपालमै पहिलो पटक हलो जोतेका थिए । त्यही दिनको सम्झनामा आजको दिनलाई हलोक्रान्ति दिवसका रुपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति : २०७६ साउन ११ गते शनिवार
प्रतिक्रिया