तुलसीपुर उपमहानगरले सन्चार कार्यविधि २०७६ ल्याउदै

तुलसीपुर, १० साउन । तुलसीपुर उपमहानगरपालिका कार्यालयले सन्चार कार्यविधि २०७६ ल्याउन लागेको जनाएको छ । उपमहानगरपालिकाले दिने सेवा सुविधा तथा विकास निर्माणलाई पारदर्शिता,जवाफदेहिता र प्रभावकारी बनाउनका लागी सन्चार जगत संग समन्वय र सहकार्य गर्ने सन्चार कार्यविधि ल्याउन लागीएको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिएका छन् ।कार्यालयले शुक्रवार तुलसीपुरमा आयोजना गरेकोे पत्रकार भेटघाट तथा छलफल कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । नगर प्रमुख घनश्याम पाण्डेले सन्चार विना तुलसीपुरको समृद्धि नहुने भन्दै तुलसीपुर क्षेत्रका सन्चार माध्यम तथा पत्रकारहरु संगको समन्वय र सहकार्य गर्न आबश्यक रहेको औल्याएका छन् ।
तुलसीपुर क्षेत्रको १९ वटै वडाको विकास र सुशासनका लागी रेडियो, छापाखाना, अनलाईन, टिभीबाट खोज मुलक तथा सन्देश मुलक सामग्री प्रशारण तथा प्रकाशन गर्ने गरी कार्यविधि तयार पार्न लागीएको उनले जानकारी दिएका छन् । चालु आर्थिक वर्षका लागी उपमहानगरपालिकाले सन्चार क्षेत्रमा २५ लाख रुपैया बजेट विनियोजन गरेको छ । साथै तुलसीपुर क्षेत्रका सन्चार माध्यमहरुलाई व्यवस्थित गरिने उनले बताएका छन् ।उपमहानगरपालिकाले लोककल्याणकारी विज्ञापन सवैलाई सुचना उपलब्ध गराउने र अन्य विज्ञापन समानुपातिकमा दिने बताएको छ । त्यस्तैगरी रेडियो कार्यक्रम, छापाखाना, अनलाईनमा खोजमुलक समाचार लेखे बापतको पुरस्कार उपलब्ध गराउने लगाएतका बुद्धा कार्यविधिमा उल्लेख गरिएको छ । कार्यक्रममा तुलसीपुर क्षेत्रका मिडिया सन्चालक तथा दाङमा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको सहजीकरण उपमहानगगपालिकाका प्रेस संयोजक बसन्त आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०७६ साउन १० गते शुक्रवार
प्रतिक्रिया