तुलसीपुर क्षेत्र प्राविधिक शिक्षाको हव बन्दै

तुलसीपुर, ९ साउन ।
केहि वर्ष अगामी सम्म विद्यालय शिक्षाको समाप्ती संगै प्राविधिक शिक्षाको अध्ययनका लागी पश्चिम दाङका विद्यार्थीहरु घोराही र देउखुरी जानुपर्ने बाध्यता थियो । कतिपय व्रिद्यार्थीहरु जिल्ला बाहिर जान बाध्य थिए । तर स्थानिय सरकार आईसकेपछि पछिल्नो समयमा अहिले स्थानिय स्तरमै प्राविधिक शिक्षाको पढाई सुरु हुन थालेको छ । उपमहानगपालिकाले प्राविधिक शिक्षा सन्चालन गर्ने विद्यालयलाई १० लाख रुपैया अनुदान दिने व्यवस्था गरेपछि तुलसीपुर क्षेत्रमा अहिले प्राविधिक शिक्षा अन्र्तगत विभिन्न कोर्षका पढाई सुरु भएका छन् । तुलसीपुर उपमहानगरपालिका शिक्षा कार्यालयका अनुसार तुलसीपुर क्षेत्रमा अहिले गुरु जजुर माध्यामिक विद्यालयमा बालि विज्ञान डिप्लोमा, जनता संस्कृत माध्यामिक विद्यालय विजौरीमा जेटिए १८ महिने र बाली विज्ञान डिप्लोमा, अमर माध्यामिक विद्यालय उरहरीमा पशुविज्ञान डिप्लोमा, जनकल्याण माध्यामिक विद्यालय दुधरासमा सिभिल ईन्जिनियर डिप्लोमा , मावि तुलसीपुर सेन्टरमा सुचना प्रविधि डिप्लोमा, मावि अश्वारामा बन विज्ञान डिप्लोमा र जनश्रम मावि खाद्रेमा जेटिए १८ महिने कोर्ष पढाई भईरहेको बताईएको छ । यस्तैगरी तुलसीपुर बहुप्राविधिक शिक्षालय पनि सन्चालनको तयारीमा रहेको बताईएको छ ।
यो समाचार आजको राप्ती समाचार दैनिक पत्रिकामा गोविन्द केसीले लेखेका छन् ।

प्रकाशित मिति : २०७६ साउन ९ गते बिहिवार
प्रतिक्रिया