
ओमप्रकाश गुप्ता , सिसहनियाँ ८ साउन ।
गएराती देखि परेको अविरल वर्षाले देउखुरी क्षेत्र दोस्रोपटक जलमग्न भएको छ । ठुलो वर्षा भएपछि आज विहान देखि दोलाईखोलामा पानीको वहाव बढे सँगै राप्ती गाउँपालिकाको वडा नम्बर ५ लठ्ठहवा,पहरूवा,कालापानी त्यसै गरी लमही नगरपालिकाको वडा नम्बर १ डोरही,सिंगइ,सोनपुर लगायतका गाउँहरू जलमग्न भएका छन् ।
पहिलोपटकको डुवानले धानबाली र तरकारीबालीमा क्षति भइसकेको बेला दोस्रोपटकको बाढीले झनै क्षति पुर्याएको स्थानीय किसानले बताएका छन् । पानीको सतह अहिले पनि बढी रहेकाले स्थानीयहरू त्रसित हुन थालेका छन ।
प्रकाशित मिति : २०७६ साउन ८ गते बुधवार