कम्युनिष्ट हौं भन्नेले पुष्पलालबाट धेरै कुरा सिक्यौ :शर्मा

ओपेन्द्र बस्नेत,तुलसीपुुर, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पार्टीका प्रदेश सचिव जगप्रसाद शर्मा अपारले पुष्पलालको सोंच, विचार, र कार्यशैलीलाई नयाँ शिराबाट सोच्नुपर्ने बेला आएको बताउनुभयो । ४१ औ पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार पुष्पलाल स्मृति प्रतिष्ठान दाङ शाखाले तुलसीपुरमा आयोजना गरीएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । कम्युनिष्ट हौं भन्नेहरुले पुष्पलालबाट धेरै कुरा सिक्न बाँकी उनले भने उहाँको अधुरो सपना एकहदसम्म पुरा गरेका गरेका छौ ।

‘नेपालका कम्युनष्टि पार्टीहरुलाई एक बनाउने उहाँको ठूलो सपना थियो,’ शर्माले भने–‘२०७५ जेठ ३ गते एमाले र माओवादीको एकता गरेर हामीले एकहदसम्म उहाँको अधुरो सपना पुरा ग¥यौ ।’ कठिन परिस्थितका बाबजुत पनि जीवीत रहँदासम्म पार्टी निर्माणमा पु¥याएको योगदानको चर्चागर्दै सचिव शर्माले हामी बाँचेकाले कस्तो जीवन जिउने र आफुलाई कसरी रुपान्तरण गर्ने भन्ने कुरा उहाँको जिवनबाटै छर्लङ्ग हुने बताए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले नेपालको कम्युनिष्ट आन्दोलन, नेता र कार्यकर्ताहरु कम्युनिष्ट जस्तो नभएको टिप्पणी गरे । साँच्चिकै कम्युनिष्ट हुनलाई पद, पैसा र शक्तिबाट मुक्त हुनुपर्नेमा भन्दै इन्चार्ज गौतमले व्यवहारमा पनि कम्युनिष्ट जस्तो हुुनुपर्ने बताए । सरकार कम्युनिष्ट पार्टीको भएपनि सत्ता अझै सर्वहारा वर्गको हातमा नआएको भन्दै जनताको मनजित्ने गरी काम गर्न आग्रह गरे ।कार्यक्रमका अन्यवक्ताहरुले स्वर्गीय पुष्पलाल श्रेष्ठ अविचलित योद्धा भएको चर्चा गर्दै उहाको मार्गनिर्देशनको पथमा लाग्नुनै सच्चा कम्युनिष्ट पार्टी र उहाँ प्रतिको सच्चा श्रद्धान्जली हुने बताएका थिए ।

प्रकाशित मिति : २०७६ साउन ७ गते मङ्गलवार
प्रतिक्रिया