चर्चित सन्चार उद्यमी धिताल हत्याकाण्ड : पत्नी भन्छिन ९ बर्षसम्म रोएर वित्यो

तुलसीपुर, ६ साउन / प्रहरी प्रशासनले चासो नदिदा संचार उद्यमी देविप्रसाद धिताल ‘हेमराज’ को हत्यारा पत्ता नलागेको एक कार्यक्रमका सहभागीले बताएका छन् । हत्या भएको ९ बर्ष सम्म हत्यामा संलग्न व्यक्ति पत्ता नलाग्नु प्रहरी प्रशासनको गम्भिर लापर्वाही भएको उनिहरुले टिप्पणी गरेका छन् । धितालको हत्या २०६७ साउन ६ गते उरहीको हेमनगरमा भएको थियो ।

‘नौ बर्षसम्म मेरा दिन र रात रोएर वितेका छन्,’ देविप्रसाद धिताल हेमराज स्मृति प्रतिष्ठानले तुलसीपुरमा गरेको ९ औं स्मृति कार्यक्रममा धितालकी धर्मपत्नी मन्जु धितालले भक्कानीदै भन्नुभयो– ‘मेरो खुशी चुडेर लग्ने हत्यारा नौ बर्षसम्म पत्ता नलाग्दा पिडामा झनै पिडा थपिएको छ ।’ सुरक्षाको जिम्मा लिएको प्रशासन र राज्यले आफनो पिडालाई वेवास्ता र महत्व नदिएकै कारण न्याय पाउनुको साटो अन्याय र पिडामा परेको धर्मपत्नी धितालले बताउनुभयो ।

सो अवसरमा दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले गोली पड्काउने हतियार बाहिर भएकाले अनुसन्धानमा केहि समस्या भएको बताउनुभयो । ‘खोका भेटीयो त्यो अहिले ल्याबमा राखीएको छ ,’ प्रहरी प्रमुख पाण्डेले भन्नुभयो– तर हतियार बाहिर छ । अहिलेसम्म कुन हतियार प्रयोग गरिएको हो भन्ने कुरा पत्ता नलाग्दा समस्या भएको छ ।’

यता प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले पिडित परिवालाई बेलाबेलामा घचघच्याउन आग्रह गर्नुभयो । ‘म आएको नौ महिना भइसक्यो तर यसको विषयमा कुनै जानकारी थिएन । तीन दिनअघि चिठ्ठी गएपछि मात्रै थाहा भयो,’ प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो पिडितहरु गएर एकपटक घचघच्याएको भए घटना बुझन मलाई सजिलो हुनेथियो । किनकि म बस्ने त ११÷१२ महिना मात्रै हो । फेरी अर्को आउँछछ जान्छ ।’

संघिय सांसद हिराचन्द्र केसीले सुरक्षाको जिम्मा लिएकाले यो र त्यो बाहानमा उम्किन नपाउने भन्दै अनुसन्धान गर्दा केको आवश्यक प¥यो त्यसको माग गरेमा सरकार उपलब्ध गराउन तयार रहेको बताउनुभयो ।
‘अनुसन्धानलाई केले रोक्यो ? केले छेक्यो त्यो सुरक्षाको जिम्मा लिएकाले भन्नुप¥यो’, सांसद केसीले भन्नुभयो – ‘सरकारबाट हुने कुनै पनि कुरामा हामी कमी हुन दिन्नौ ।’ राज्यले अपराधीलाई संरक्षण नगर्ने भन्दै यथासिर्घ हत्यारालाई पत्ता लगाउने कार्यमा सक्रिय हुन प्रहरी प्रशासनलाई निर्देशन दिनुभयो । ’

प्रतिष्ठानका अध्यक्ष हरीप्रसाद रजौरीयाको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक रेडियो प्रसारसंघ अकोराबका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, नेपाल पत्रकारमहासंघ दाङका अध्यक्ष सविन प्रियासन, नेपाल कम्युनिष्ट पार्टीका युवा नेता पदम केसी, राप्रपाका लालबहादुर केसी, यातायात व्यवसायी नारायण न्यौपाने, दुर्गा बस्याल, अधिवक्ता मोहन धिताल, पत्रकार सुशील बस्नेत, सुलोचना गौतम लगाएतले अबिलम्ब हत्यारा पत्ता लगाउन सरकारसंग माग गर्नुभयो ।

विभिन्न व्यक्तिी सम्मानित

यसैविच प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गरेको छ । पत्रकारीता क्षेत्रमा महत्पुर्ण योगदान पु¥याएको भन्दै पत्रकार द्धोय शर्मीला डिसी र प्रेम राम्जालाई पुरस्कृत गरिएको छ ।  त्यसैगरी यातायाता क्षेत्रबाट प्रेमबहादुर बस्नेत, मज्दुरबाट केशव भण्डारी, मानवअधिकारबाट निर्मल नेपाली र एसइई परीक्षमा जिपिए तर्फ ३ दशमलव १५ प्रतिशत अंक प्राप्त गर्ने गुरुजजुर उच्चमाविका कल्पना विकलाई पनि पुरस्कृत गरिएको थियो ।

 

प्रकाशित मिति : २०७६ साउन ६ गते सोमवार
प्रतिक्रिया