तिन दिदी बहिनीको पोखरीमा डुवेर मुत्यु

तुलसीपुर, ६ साउन । पोखरीमा डुबेर दाङमा तीन किशोरीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुर बस्ने १९ बर्षीया बसन्ता बिक, सोहि वडाको सालघारी निवासी १९ बर्षीया झरणा बिक र झरनाकी १६ बर्षीया बहिनी अमृता बिकको पोखरीमा डुवेर मृत्यु भएको हो ।
घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित कटुवा खोला किनारमा सिंचाईका लागि निर्माण गरिएको पोखरीमा आईतबार साँझ पौने ८ बजेतिर नुहाउन गएका तिन दिदी बहिनी डुबेको प्रहरीको भनाई छ । उनीहरुलाई पोखरीमा डुबेको अबस्थामा प्रहरीले उद्दार गरि उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगेको र प्रतिष्ठानले उनीहरुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : २०७६ साउन ६ गते सोमवार
प्रतिक्रिया