वडा अध्यक्ष रानाद्धारा विद्यालयलाई मासीक पाँच हजार दिने घोषणा

तुलसीपुर, ५ साउन । दाङ तुलसीपुर ४ मुल्कोटमा रहेको शिद्धेश्वरी प्राथमिक विद्यालयलाई वडा अध्यक्ष बालकृष्ण राना (धुव्र)ले अति दुर्गम तथा पिछडीएको भन्दै विद्यालयको विकासका लागी व्यक्तिगत तर्फबाट आफनो मासीक बैठक भत्ताको हुन आउने रकमबाट मासीक पाँच हजार रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । साथै उनले वडा कार्यालयबाट विद्यालयका विद्यार्थीहरुका लागी पोषण तथा पोशाकका लागी एक लाख रुपैया सहयोग गर्ने घोषणा गरेका छन् ।

गत शुक्रवार विद्यालयमा आयोजना गरीएको छात्रबृत्ति तथा पोशाक वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । विद्यालयमा अध्ययनरत अनाथ,असहाय ,अति विपन्न तथा दलित समुदायका बालबालिकालाई छात्रबृत्ति तथा झोला र पोशाक हस्तान्तरण गदै उनले उक्त विद्यालयको विकास लागी पहल गर्ने बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पुनको अध्यक्षतामा कार्यक्रम भएको हो । सो अवसरमा विद्यालयमा अध्ययनरत अति विपन्न तथा दलित समुदायका २८ जना विद्यार्थीलाई जहनी चार सय रुपैयाका दरले छात्राबृत्ति वितरण गरिएको हो । यस्तैगरी विद्यालयको आन्तरिक श्रोतबाट अनाथ तथा असहाय गरिव भिम बहादुर बुढामगर र निमा बुढा मगरलाई विद्यालयको डे«स प्रदान गरिएको हो भने विजय बुढामगर, निशा पुन मगर र आशा पुन मगरलाई झोला र डे«स प्रदान गरिएको हो ।
सो अवसरमा चमेरे गुफा संरक्षण समितिका अध्यक्ष भुप बहादुर पुन, तारेपहरा सामुदायिक बन उपभोक्ता समुहका कार्यबाहक अध्यक्ष गोमती पुन, विद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य गुमानसिंह पुन र अभिभावक संघका पुर्व सदस्य ईन्द्रविर घर्ति लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक टेक बहादुर खत्रीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ साउन ५ गते आइतवार
प्रतिक्रिया