विप्लव समुहका काठमाडौ उपत्यका ईन्चार्ज लामा पक्राउ

काठमाडौ, ५ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका काठमाण्डौ उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । लामालाई काठमाण्डौको जडिबुटी क्षेत्रबाट शनिबार राति पक्राउ गरिएको अपराध महाशाखाका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो ।लामासँगै विप्लव नेतृत्वको नेकपाका अर्का एकजना कार्यकर्ता पनि पक्राउ परेका छन् । ललितपुरको नख्खु तथा काठमाण्डौ लगाएत विभिन्न ठाउँमा भएका बम विष्फोट लगायतका घटनामा लामाको संलग्नता रहेको आंसकामा उनलाई पक्राउ गरिएको हो ।

उनी अन्य घटनामा पनि संलग्न भएको हुनसक्ने प्रहरीले बताएको छ । सरकार र नेकपाबीच बार्ताको अनौपचारिक प्रयासहरु भइरहेका बेला लामा पक्राउ परेका हुन् । तत्कालीन नेकपा माओवादीमा लागेर भूमिगत भएका लामा साँस्कृतिक फाँटमा सक्रिय नेता हुन् । पछिल्लो समय लामाले विप्लवले लेखेको ‘कसले बनायो दाजै उडिजाने बस’ बोलको गीतमा संगित गरेका छन् ।

प्रकाशित मिति : २०७६ साउन ५ गते आइतवार
प्रतिक्रिया