छुट्टा छुट्टै घटनामा परि दाङमा दुईको मुत्यु

तुलसीपुर, ५ साउन । छुट्टा छुट्टै घटनामा परि दाङमा दुई जनाको मुत्यु भएको छ । घोराही वडा नंम्वर १६ तेरौटे बस्ने वर्ष ३८ का बुझाउन चौधरी आफ्नै घरको कोठामा झुन्डिएर आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् । शनिवार दिउँसो साढे दुई वजेतिर उनले आत्महत्या गरेको प्रहरीको भनाई छ । मृतकको शवलाई पोष्टमार्टमका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको शव गृहमा राखीएको बताईएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । यस्तै ईनारमा डुवेर एक किशोरीको मुत्यु भएको छ । तुलसीपुर १८ हेमन्तपुर बस्ने बर्ष १५ की सम्झना बुढाको आफनै घरको ईनारमा डुवेर शनिवार मुत्यु भएको हो । प्रहरीका अनुसार मृतककी आमा बिमा बुढा उनी शुक्रवार राती संगै एउटै कोठामा सुतेको र मृतककी आमा बिमा शनिवार विहानै ४ वजेतिर उठेर जंगल तर्फ गएर विहान ११ वजेतिर घर आईपुग्दा छोरीलाई नदेखेपछि खोज्ने क्रममा आफनै घरको ईनारमा डुवेको अवस्थामा बेलुकी साढे छ बजेतिर फेला पारिएको हो । घटनाको विषयमा थप अनुसन्धान भईहरको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ साउन ५ गते आइतवार
प्रतिक्रिया