पन्ध्र लाख सहित तिन जना ईन्जिनियर र ड्राईभर पक्राउ

दाङ, ४ साउन । घुस रकम लिएको आरोपमा तिन जना ईन्जिनियर सहित एक जना ड्राईभरलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका ईन्जिनियरहरु कमल सिटौला,विश्वेश्वर प्रसाद शाह, हरि प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझालाई पन्ध्र लाख रुपैया घुस रकम सहित नियन्त्रणमा लिईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले शनिवार पक्राउ गरेको कार्यालयले जनाएको छ । उनीहरुले निर्माण योजना तारजाली भर्ने कामको विल रकम भुक्तानी गरे बापत सेवा ग्राही संग घुस रकम माग गरेको भन्ने गोप्य सुचनाको आधारमा गएको अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको बताईएको छ । बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नम्वर १ बाट उनीहरुलाई रकम सहित नियन्त्रणमा लिईएको हो । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७६ साउन ४ गते शनिवार
प्रतिक्रिया