दाङमा १४ हजार बढिले लोक सेवा आयोगको परिक्षा दिए

लक्ष्मण विश्वकर्मा, तुलसीपुर ४ साउन ।लोक सेवा आयोगले स्थानीय तहका लागि खुल्ला गरेको विज्ञापनको अधिकृत छैठौ,सहायक पाँचौ र सहायक चौथो तहको परिक्षा दाङमा शान्तीपुर्ण रुपमा सम्पन्न भएको बताईएको छ ।शुक्रवारबाट सुरु भएको परिक्षाको पहिलो अधिकृत छैठौ तहको परिक्षा सम्पन्न भएको लोक सेवा आयोग कार्यालय दाङ तुलसीपुरले जानकारी दिएको छ ।उक्त तहका लागी दाङबाट एक हजार छ सय बत्तिस जनाले आदेवन दिएकोमा एक हजार तिन सय तिरासी जनाले परिक्षा दिएका छन् ।

जसका लागी ८ वटा परिक्षा केन्द्र तोकिएको थियो । यस्तै शनिवार सहायक पाँचौ र सहायक चौथो तहको परिक्षा सम्पन्न भएको छ । पाँचौ तहका लागी दाङमा छ हजार सात सय दश जनाले आदेवन दिएकोमा पाँच हजार छ सय एकाननव्वे परिक्षार्थीले परिक्षा दिएका छन् । जसका लागी ३४ वटा परिक्षा केन्द्र तोकीएको थियो ।

परिक्षा शनिवार विहान ८ वजेदेखी पौने नौ बजेसम्म सन्चालन भएको थियो । कार्यालयका अनुसार शनिवार दिउँसो १२ वजेदेखी पौने एक वजेसम्म सहायक चौथो तहको परिक्षा सम्पन्न भएको हो । जसका लागी ८ हजार सात सय पचास जनाको आवेदन परेकोमा सात हजार दुई सय अरत्तिस जना परिक्षार्थीले परिक्षामा सहभागी जनाएका थिए ।उनीहरुका लागी ४३ वटा परिक्षा केन्द्र तोकीएको थियो । यसरी हेर्दा तिन तहको परिक्षाका लागी सत्र हजार बयाननव्वे आवेदन परेकोमा चौध हजार तिन बाह्र जना परिक्षार्थी परिक्षामा सामेल भएको कार्यालयले बताएको छ ।लोक सेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ सिटका लागि विज्ञापन खोलेको थियो । ती पदका लागि देशभरबाट ४ लाख ४१ हजार १ सय ४१ दरखास्त परेको छ ।

 

 

प्रकाशित मिति : २०७६ साउन ४ गते शनिवार
प्रतिक्रिया