१२ वर्षिया बालिका दुई दिन देखी वेपत्ता

तुलसीपुर, ४ साउन । दाङको दंगिशरण गाँउपालिका–६ राजपुर निवासी जयबहादुर कंवरकी १२ वर्षिय छोरी गरिमा कवंर तुलसीपुर बजारबाट सम्पर्क विहिन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । शुक्रवार घरबाट तुलसीपुर बजार हिडेकी उनी शनिवार सम्म पनि घर फर्किएकी छैनन् । घरबाट बजार जानु भनेर निस्किएकी बालिका शुक्रवार बेलुका घर नआएपछि आफन्तीहरुको घरमा समेत सोधखोज गर्दा नभेटिएको बताईएको छ । उनको हुलिया हेर्दा गहुँ गोरो वर्ण, कपाल छोटो , उचाई करिब ५ फिट रहेको बताईएको छ । बालिकाका आमा राधा कंवरका अनुसार बालिका भटिएमा जो कोहीले पनि नजिकैको प्रहरी चौकी वा मोवाइल नम्बर ९८०९८–४८४८५ र ९८१०९८–७६६० मा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : २०७६ साउन ४ गते शनिवार
प्रतिक्रिया