चोरी गरेको मोटरसाईकल सहित १ जना पक्राउ

तुलसीपुर ३ साउन । मोटरसाईकल चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । घोराही १० नारायणपुर बस्ने बल बहादुर बाँठाको रा ४ प ७२३४ को १५० सीसीको पल्सर मोटरसाईकल चोरी गरेको आरोपमा सोहि ठाउँका २० बर्षिय रमीत केसीलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको जानकारी दिएको छ । केसीले मोटरसाईकलको नम्वर प्लेट परिवर्तन गरी लु ४२ प २००२ नम्वर राखेर आफनै घरमा लुकाई राखेको अवस्थामा प्रहरीले फेला पारेको हो । सवारी धनीको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा केसीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका केसी माथी थप अनुसन्धान भईरहेको बताईएको छ ।

प्रकाशित मिति : २०७६ साउन ३ गते शुक्रवार
प्रतिक्रिया