राप्ती बबई क्याम्पसले ग¥यो पत्रकार सम्मेलन

तुलसीपुर, ३ असार

राप्ती बबई क्याम्पसले भौतिक र वित्तिय क्षेत्रमा फड्को मारेको दाबी गरेको छ । क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गरेर भौतिक पूर्वाधारको विकास देखि आर्थिक रुपले क्याम्पसलाई सबल बनाएको क्याम्पसले जानकारी दिएको छ । आर्थिक रुपले जर्जरभएको क्याम्पसमा अहिले पनि ७० लाख रुपैयाँ बचत भएको बताउदै कोषाध्यक्ष विनील केसीले वित्तीय क्षेत्रमा गुणात्मक फड्को मारेको दाबी गर्नुभयो ।

मानविकी संकायमा कम्प्युटर, प्रोजेक्टर सहितको स्मार्ट कक्षा कोठा, अपाङ्गमैत्री शौचालय र आगामी बर्षमा महिला छात्रा बासको समेत अवधारणाअघि सारेको केसीले बताउनुभयो । केसीले प्रस्तुत गरेको तुलनात्मक विवरणमा विगतको जस्तो नकारात्मक अवधारणा हटेका कारण पछिल्लो समय विद्यार्थीमा क्याम्पसप्रतिको विश्वास जागेकाले अभिभावक पनि सन्तुष्ट बनेको बताउनुभयो । क्याम्पस प्रशासनले पुस्तक खरिद, मेशनरी औजार, फर्निचर, संगित साम्रगीलाई समेत महत्व दिएको छ ।

क्याम्पसले आर्थिक बर्ष २०७४÷७५ मा क्याम्पसमा अध्यन गर्न आउने विद्यार्थीहरुबाट विभिन्न शिर्षकबाट २ करोड २९ लाख २३ हजहार १९ रुपैयाँ आम्दानी गरेकोमा आव२०७५÷०७६मा ३ करोड १५ लाख, ८५ हजार ८ सय ६५ रुपैयाँ आम्दानी गरेको देखिन्छ । तुलनात्मक रुपमा केहि बर्ष सम्म घाटामा चलेको क्याम्पस आम्दानीमा गएपछि संचालक समितिहरु पनि उत्साहीत देखिएका छन् । क्याम्पस संचालक समितिका अध्यक्ष विष्णुकुमार देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मिनराज वलीले क्याम्पसलाई आफनो स्वामित्वमा ल्याउन पहल गरिरहेको बताउनुभयो ।

‘७ विघाह भन्दा धेरै जग्गा छ । तर नाममा छैन,’ बरिष्ठ उपाध्यक्ष वलीले भन्नुयभो–‘दुई कठ्ठा मात्र जग्गा क्याम्पसको नाममा दर्ता छ । अरु सबै ऐलानी छ । लाजपुर्जाका लागि पहल गरिरहेका छौ ।’ क्याम्पस प्रमुख युवराज रावतले सहजीकरण गरेको कार्यक्रममा पत्रकाहरुले विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : २०७६ साउन ३ गते शुक्रवार
प्रतिक्रिया