आत्महत्या गर्न खोज्ने युवतीलाई जनप्रतिनीधि र कर्मचारीले बचाए

तुलसीपुर, २ साउन

आत्महत्या गर्न खोज्ने एक युवतीलाई जनप्रतिनीधि र कर्मचारीले उद्धार गरेका छन् ।  घरायसी विवादपछि आत्म हत्याको प्रयास गर्दैगर्दा शान्तिनगर गाउँ पालिका वडा नम्बर ५ जम्पुर निवासी २४ बर्षिया मेनुका बिष्टलाइ आज दिउसो साढे तिन बजे खैरेनी जङ्गल बाट उद्धार गरिएको हो ।

शान्तिनगर गाउँपालिकाका प्रशासकीय अधिकृत निमबहादुर केसी, ६ का वडाध्यक्ष रबि बुढाथोकी लगाएतको टोलीले खैरेनी जंगलको मूल सडकमा औषधी सेवनपछि छटुपटीरहेको अवस्थामा उद्धारगरी अस्पताल पु¥याएको गाउँपालिकाका प्रेस सल्लाहाकार निराश पाण्डेले जानकारी दिए । ‘जंगलमा भएको भए उनको मृत्यु हुन सक्थ्यो,’ प्रेस सल्लाहाकार निराश पाण्डेले  भने  ‘तर बाटोमै भएकाले उनको जीवन बच्यो ।’

प्रेस सल्लाहकार पाण्डेका अनुसार औषधी सेवन गर्नुभन्दा पहिला फुपुसंग भिडियो कलमा कुरा गर्दै आफनो आज अन्तिम दिन भएको बताइएकी थिइन । युवतिको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको पाण्डेले जानकारी दिए । उनको अवस्था अहिले सामान्य बन्दै गएको छ । भाइसंग विहान विवाद भएपनि उनि आत्महत्या गर्ने मनस्थितिमा पुगेको बुझीएको छ ।

 

प्रकाशित मिति : २०७६ साउन २ गते बिहिवार
प्रतिक्रिया