सवारि कारवाहिबाट सल्यानमा ५६ लाख राजस्व संकलन

शंकर के सी  

सल्यान, २ साउन । सल्यानमा ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७५।०७६ मा अघिल्लो वर्षको तुलनामा एक लाख ७५ हजार बढि राजस्व उठाएको छ । नियम विपरित संचालन हुने सवारि साधनलाई कारवाहि गर्दा ५६ लाख ५५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ५४ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रहरी सहायक निरिक्षक (सई) जगदिश ऐरले जानकारि दिए ।

उनका अनुसार २०७५ साउन देखि २०७६ असार सम्म सबैभन्दा बढि मोटरसाइकल कारवाहिमा परेका छन् । ३४५० मोटरसाइकललाइ कारवाहि गर्दा १९ लाख ९६ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको प्रसनि ऐरले जनाए ।

यस्तै १६४१ ट्रक कारवाहिमा परेका छन् । जसबाट ९ लाख १९ हजार रुपैयां संकलन भएको छ । यस्तै १३२१ बसलाय कारवाहि गर्दा ७ लाख ३५ हजार, २१५५ जीप तथा कारलाइ कारवाहि गर्दा एक लाख ४० हजार पाँच सय र १३९१ ट्रेक्टरबाट सात लाख ६७ हजार पाँच सय रुपैयाँ संकलन भएको उनले जनाए ।

अघिल्लो आर्थिक वर्ष १० हजार तीन सय सवारि साधन कारवाहिमा परेकोमा आ.व ०७५।०७६ मा नौ हजार नौ सय ५८ यातायातका साधन कारवाहिमा परेका छन् । सबै भन्दा बढि असारमा ११०८ सवारिसाधन कारवाहिमा परेका छन् भने सबैभन्दा बढि राजस्व पुष महिनामा पाँच लाख ३७ हजार पाँच सय राजस्व संकलन भएको छ ।

प्रसनि ऐरले जिल्लाको कपुरकोटबाट सबैभन्दा बढि राजस्व संकलन भएको जनाए । दोश्रोमा श्रीनगरबाट बढि राजस्व उठेको छ भने सबैभन्दा कम सल्लीबजारबाट राजस्व संकलन भएको छ । सवारि चलाउँदा मापसे गर्ने एक सय १८ जनालाइ कारवाहि गरिएको उनले बताए । तर कसैको पनि चालक अनुमतीपत्र (लाइसियन्स) प्वाँल नपारिएको उनले जनाए ।

 

 

प्रकाशित मिति : २०७६ साउन २ गते बिहिवार
प्रतिक्रिया