माग सुनुवाई नभए आन्दोलन गर्ने तुलसीपुर चेम्बरको चेतावनी

तुलसीपुर, २ भदौ

तुलसीपुर चेम्बर अफ कमर्सले आफना मागको सुनुवाई नभए आन्दोलनमा जाने चेतावनी दिएको छ । आर्थिक बर्षदेखि लागु हुनेगरी सरकारले उद्योगी व्यवसायी र नागरिकमाथि अव्यवहारीक कर थोपरेको भन्दै निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको हो ।
कमर्सका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले ढुवानीमा लागाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर तथा अग्रिम आयकर खारेज गर्नुपर्ने, खाद्यन्न वस्तुहरुमा लगाइएको मूल्य अभिवृद्धि कर र अग्रिम आयकर खारेज गर्नुपर्ने, ज्यालादारी कामदारमाथि लगाइएको पाना नम्बरको अनिवार्यता खारेजी गर्नुपर्ने, बैंक ब्याजदर ७ देखि ९ प्रतिशतसम्म अनिबार्य कामय हुनुपर्ने, सामाजिक सुरक्षा कोषका केही प्राब्धानहरु हटाइनुपर्ने, बाणिज्य कार्यालयमा फर्म नविकरण नभई रहेका व्यवसायीहरुको अविलम्ब नविकरणको वातावरण सह बनाईदिनुपर्ने लगाएतका माग रहेका छन् ।
यसैबिच बैठकले देशभरका चेम्बर अफ कर्मसले उद्योगी व्यवसायी र नागरिकको हकहितका पक्षमा थालेको आन्दोलनप्रति एक्यवद्धता जनाउने निर्णय समेत गरेको छ । सो अवसरमा प्रजान्त्रिक उद्योग व्यवसायी संघका अध्यक्ष जनक खराल, चेम्बरका महासचिव प्रेमप्रकाश गिरी लगाएतले आ–आफना धारना राखेका थिए ।

प्रकाशित मिति : २०७६ साउन २ गते बिहिवार
प्रतिक्रिया