मजदुर संगठनद्धारा मजदुरलाई सहयोग

तुलसीपुर, १ साउन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर उपमहानगर कमिटिले क्यान्सर पिडित दिपक भण्डारीलाई उपचारका लागी आर्थिक सहयोग गरेको छ । उनी यातायात मजदुर तथा संगठनको साधारण सदस्य पनि हुन् । उनको जिब्रोमा क्यान्सर भएपछि उपचारका लागी संगठनको तर्फबाट दश हजार रुपैया र अन्य सहयोगी व्यक्तिहरुबाट नौ हजार सात सय पैतालिस रुपैया गरी जम्मा उन्नाईस हजार सात सय पैतालिस रुपैया हस्तान्तरण गरिएको संगठनका केन्द्रिय सदस्य खगेन्द्र वलीले जानकारी दिएका छन् । उक्त रकम तुलसीपुर उपमहानगर कमिटिका अध्यक्ष केशव बहादुर भण्डारी,समाजसेवी ओमकार बोहरा लगाएतले उक्त रकम पिडित भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : २०७६ साउन १ गते बुधवार
प्रतिक्रिया