लक्ष्मण विश्वकर्मा
तुलसीपुर ३१ चैत्र/तुलसीपुर उपमहानगरपालिकामा परिणत भएसंगै भुगोलको क्षेत्रफल र जनसंख्याको वद्धि भएको छ । तुलसीपुर उपमहानगरपालिकामा हाल कुल जनसंख्याको तुलनामा झन्डै पचास प्रतिशत मात्र मतदाता रहेको पाईएको छ । त्यसमा पनि कतिपय घरवाहिर रहेको अनुमान गरीएको छ । उपमहानगरपालिका कार्यालयले दिएको जानकारी अनुसार हाल कुल जनसंख्या एक लाख एक्चालिस हजार पाँच सय अठ्ठाईस रहेका छन् । जसमध्ये पचास प्रतिशत अर्थात सतत्तर हजार छेपन्न जना मतदाता नामावली संख्या रहेको छ ।
उपमहानगरपालिकाको वडा नं. १ देखी १९ वटा वडा मध्य जनसंख्याको हिसावले सवै भन्दा वढि वडा नं. ६ मा कुल १२ हजार ९ सय ६९ जना जनसंख्या रहेको छ ।
जसमा जम्मा ५ हजार १ सय ४३ जनाको मतदाता संख्या रहेको कार्यालयले बताएको छ । त्यस्तैगरी मतदाताको हिसावले सवै भन्दा वढि वडा नं.७ रहेको छ । उक्त वडामा कुल १० हजार ८ सय १७ जना जनसंख्या रहेको मध्य ६ हजार १ सय ४८ मतदाता रहेका छन्् । यस अघि तुलसीपुर नगरपालिकामा वडा नं. ११ सम्म रहेको थियो ।
त्यस पछि तत्कालिन गाविसहरु हलवार ,टरिगाउँ र उरहरीलाई गाभेर वडा नं. २० सम्म कायम गरीएको थियो । त्यस्तैगरी भरखरै नेपाल सरकारले फेरी नयाँ स्थानिय पुर्नसंरचनाको अबधारणा ल्याए पछि हाल थप पाँच वटा गाविसलाई गाभेर उपमहानगरपालिकामा परिणत गरेको थियो । जसमा विजौरी,मानपुर,डुरुवा,फुलवारी र पवननगर गाविसलाई गाभेर वडा नं. १ देखी १९ वडा कायम गरीएको छ । तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १ देखी १९ वडा सम्मको जनसंख्या सहित मतदाताको संख्या
वडा नं. हालको जनसंख्या मतदाताको संख्या
१ ४३६१ (पु.१९६२,म.२३९९) २८६८
२ ४३१२ (पु.२०८९,म.२२२३) २७६९
३ ७४७९ (पु.३४९४,म.३९८५) ४४१८
४ ८१२६ (पु.३६४७,म.४४६९) ४९५६
५ ११६४८ (पु.५७६१,म.५८८७) ३७९५
६ १२२६९ (पु.६३०१,म.६६६८) ५१४३
७ १०८१७ (पु.५००५,म.५८१७) ६१४८
८ ५६४१ (पु.२७४८,म.२८९३) ३७११
९ ४९२५ (पु.२३४०,म.२५८५) २३७९
१० ६४९७ (पु.३०१७,म.३४८०) ३४६१
११ ८६६१ (पु.४०६१,म.४६००) ५१८९
१२ ८८३८ (पु.४२४७,म.४५९१) ५०२३
१३ ५४८९ (पु.२५२२,म.२९६७) ३२२५
१४ ६०४० (पु.२७८१,म.३२५९) ३६३२
१५ ६९ ३९ (पु.३१७८,म.३७६१) ४१०४
१६ ७६०३ (पु.३५५४,म.४०४९) ४३६५
१७ ७२६१ (पु.३३७२,म.३८८९) ४३०८
१८ ७६७१ (पु.३६७६,म.३९९५) ४३३६
१९ ६२५१ (पु.२९२०,म.३३३१) ३३०६
जम्मा १,४१,५२८पु.६६६७५,म.७४८५३) ७७०७६