खुकुरी प्रहारबाट गम्भिर घाईते वलीको मुत्यु

तुलसीपुर, २९ असार ।

खुकुरी प्रहारबाट गम्भिर घाईते भएका तुलसीपुर १२ कचिली बस्ने अन्दाजी २२ बर्षिय राम बहादुर वलीको मुत्यु भएको छ । जसपुर नजिकै शनिवार दिउँसो दुई बजेतिर वली माथी युवाहरुको एक समुहले खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

गम्भिर घाईते भएका वलीको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी नेपालगन्ज हुदै भारतको लखनउ जैजादै गर्दा बाटोमा नै निधन भएको प्रहरीले बताएको छ । घटनामा सलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । वली माथी आक्रमण गर्नुको कारण खुलाईएको छैन । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ असार २९ गते आइतवार
प्रतिक्रिया