कोशी व्यारेजमा फेरि ६ ढोका बन्द गरियो, बस्ती डुब्ने खतरा

सप्तरी , २९ असार । नदीमा पानीको वहाव बढ्दै गएपछि भारतले कोशी व्यारेजको ६ ढोका बन्द गरेको छ । कोशी बाँध फुट्ने खतराबढेपछि शनिबार मध्यरातमा व्यारेजको सबै ५६ वटै ढोका खोलिएको थियो । व्यारेजको सबै ढोका खोल्दा विहारका केही ठाउँ जलमग्न भएपछि भारतले फेरि ६ ढोका बन्द गरेको हो । भारतले विहार जोगाउन व्यारेजको ६ ढोका बन्द गर्दा त्यसबाट नेपालतर्फका बस्ती भने डुबानको खतरामा परेको छ ।कोशी नदीमा वहाव प्रतिसेकेण्ड ३ लाख ७१ हजार १ सय १० क्युसेक पुगेको व्यारेजले जनाएको छ । नदीमा पानीको वहाव अत्यधिक मात्रामा बढेपछि त्यस आपसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७६ असार २९ गते आइतवार
प्रतिक्रिया