बालबालिकालाइ पोशाक र झोला

 

शंकर के सी

सल्यान, २८ असार । सल्यानको रीममा सुत्केरी आमाहरुलाइ पोषण पत्ता र विपन्न वालवालिकालाइ विद्यालय पोषाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ । कपुरकोट गाउँपालिका,–५ नम्बर वडा कार्यालयले शनिबार एक कार्यक्रमका विच ९० जना आमाहरुलाइ जनहि एक हजार ३ सयको दरले एक लाख १७ हजार रुपैयाँ नवजात शिशु र आमाको पोषण अवस्थामा सुधार ल्याउनका लागी वितरण गरेको हो ।

पोषण भत्ता पाएपछि खुसि हुँदै कपुरकोट,–५ सल्लाम निवासि सुत्केरी आमा पूर्णिमा रानाले आफुले पाएको रकमले पोषिला खानेकुरा उत्पादन गर्ने बताइन् । ‘हामीलाइ वडा कार्यालयमा बोलाएर पोषिला खानेकुरा नियमित खानुपर्ने कुरा पनि सिकाइयो,’ उनले भनिन्, ‘१३ सयको दरको भत्ता पनि पायौँ, वच्चालाई नियमित खोप लगाउनुपर्छ भनेर पनि सचेत बनाउनुभयो ।’ यस्तै खाली मिलन बजार निवासि आस्था विकले आफुले प्राप्त गरेको पोषण भत्ताले कुखुरा पालन गरेर अण्डा तथा मासु उत्पादन गर्ने सोँच बनाएको बताइन् ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले गर्भावस्था देखि नै पोषणमा विशेष ध्यान दिनुपर्ने, नियमित स्वास्थ्य संस्थामा चेकजाँच र प्रसुति गृहमा नै सुत्केरि गराउनुपर्ने जनाउँदै वच्चा जन्मीएपछि आमाले नियमित पोषिला खानेकुरा खानुपर्ने बताइन् ।

यस्तै ५ नम्बर वडा कार्यालयका वडाध्यक्ष यम कुमार वस्नेतले आमा र बच्चाको सुरक्षाको लागी सुत्केरी महीलाहरुलाई प्रोत्साहन गर्न जरुरी ठानेर आफुहरुले सुत्केरि प्रोत्साहन पोषण भत्ता वितरण गरिएको जनाए ।

यस्तै वडा कार्यालयले आफ्नो वडा भित्र रहेका ५ वटा सामुदायीक विद्यालयका एक सय जना विपन्न वालवालिकालाइ पोषाक र शैक्षिक सामग्री पनि वितरण गरिएको बताए । उनीहरुलाइ जनहि एक जोड विद्यालय पोषाक, एक जोड ब्याग र दुई दर्जन कापी र कलम वितरण गरिएको वडाध्यक्ष वस्नेतले जनाए । जसमा एक लाख ५० हजार रुपैयाँ खर्च भएको उनले जनाए । गत वर्ष पनि वडा कार्यालयले विपन्न वालवालिकालाइ यस प्रकारका सामग्री वितरण गरेको थियो ।

 

 

 

प्रकाशित मिति : २०७६ असार २८ गते शनिवार
प्रतिक्रिया