उद्धारमा खटेको सेनाले गरेकाे अपडेट

 

 

१.    देशभर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्‍न स्थानहरुमा आएको बाढी/पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यको लागि नेपाली सेनाका विभिन्‍न स्थानहरुमा तैनाथ युनिटहरुबाट २१ जिल्लाको ३२ स्थानमा ८००० जना फौज परिचालन भई उद्धारको कार्यलाई जारी राखिएको ।

 

२.    बाढी/पहिरोबाट अति प्रभावित १४ जिल्लाहरु (झापा, सुनसरी, उदयपुर, भोजपुर, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, सिन्धुली, मकवानपुर, काठमाण्डौ, ललितपुर र काभ्रेपलान्चोक) मा हालसम्म ३५८ जनाको सकुशल उद्धार गरिएको । उक्त बाढी/पहिरोमा परी मृत्यु भएका ७ जनाको शव निकालिएको  र हालसम्म ६ जना बेपत्ता रहेकोमा बेपत्ता भएका व्यक्तिहरुको खोजकार्यलाई जारी राखिएको ।

 

३.    पहिरोका कारण अवरुद्ध वि.पि. राजमार्ग, काठमाण्डौ-हेटौडा र भोजपुर जिल्लाको भोजपुर-खोटाङ-लेगुवा सडकहरुमा फौज परिचालन भई अवरुद्ध सडकलाई सुचारु गरी यातायात आवगमनलाई सहज बनाउने कार्यमा खट्टिरहेको छ ।

 

४.    नेपाली सेनासंग भएका विपद्‌को समयमा प्रयोग हुने श्रोत, साधन तथा जनशक्तिसहित ईटहरी, धनुषा (धारापानी) र काठमाण्डौमा हेलिकोप्टर स्टयाण्डवाईमा रहनुको साथै प्रत्येक जिल्लामा तैनाथ युनिटहरुमा आपतकालिन उद्धार सामग्रीसहित फौज तयारी हालतमा राखिएको । विगतका वर्षहरुमा बाढी/पहिरोबाट भएको क्षतिहरुलाई मध्यनजर गरी विपद्को उच्च जोखिम भएका स्थानहरुमा नेपाली सेनासंग उपलब्ध भएका विभिन्न किसिमका डुङ्गालगायत अन्य उद्धारका सामग्रीहरुसहित Combat Quick Reaction Team (CQRT) तयारी हालतमा राखिएको छ । चितवनस्थित नं.२ विपद् व्यवस्थापन गणबाट OBM तथा रवरबोटसहितको CQRT रौतहटको चन्द्र निगाहपुरतर्फ उद्धार कार्यको लागि खट्टिएको छ ।

 

५.    साथै गृह मन्त्रालयबाट बाढी/पहिरो प्रभावित ईलाकामा पठाउन तयार गरिएका पाललगायतका अन्य राहत सामग्रीहरु नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी गर्ने व्यवस्था मिलाईएको छ ।

प्रकाशित मिति : २०७६ असार २८ गते शनिवार
प्रतिक्रिया