सल्यानमा बाल विवाह गर्ने गराउने चार जना पक्राउ

तुलसीपुर, २७ असार । सल्यानमा बाल विवाह गर्ने र गराउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्वर ४ पिपलनेटा बस्ने ६५ बर्षिया संकेत नाम ५५ बि १८ का छोरा र सन्जु न्यौपाने परिवर्तीत नाम ५५ बि १८ बर्ष १८ की विच उमेर नपुगी विवाह गर्न लागेको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यस्तै विवाह गराईदिने पण्डित अशोक कुमार गौतम सहित चार जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । विहान विहिवार हुन लागेको थियो । उमेर नपुगी बाल विवाह हुन लागेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरु विरुद्ध जिल्ला अदालत सल्यानमा बाल विवाह कसुरमा मुद्धा दर्ता गरी म्याद थप गरेर आबश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ असार २७ गते शुक्रवार
प्रतिक्रिया