अपडेट : देशका विभिन्न स्थानमा बाढि र पहिरोमा परि मुत्यु हुनेको संख्या १७ पुग्यो

काठमाडौ, २७ असार । विहिवार देखी परेको अविरल वर्षाको कारण देशको जनजीवन प्रभावित बनेको छ । मुख्यत तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पा , पर्सा , रौतहट लगायतका जिल्लाहरु डुबानमा परेको छ ।लगातार वर्षाका कारण काठमाण्डौंमा ३ जना सहित देशभर १७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ । काठमाडौंको मुलपानीमा लगातार बर्षाका कारण ढिस्को खसेर घर भत्कँदा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीया शर्मिला यादव उहाँका १० वर्षीय छोरा कुन्दन र मितु यादव छन् ।बारा घर भएका उनीहरु मुलपानी बस्दै आएको प्रहरीले जनाएको छ । काभ्रेमा २ जनाको , ललितपुर, सिन्धुली, पर्सा, धादिङ, सुनसरी र महोत्तरीमा मा एक, एक जनाको मृत्यु भएको छ । काभ्रेको बनेपास्थित नालामा पहिरोले घर भत्काउँदा एकै परिवारका दुईको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगाल छन् । हालसम्म ३९ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा १७ जनाको मुत्यु भईसकेको गृह मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार खोटाङमा ३ जनाको मुत्यु भएको छ । यस्तै भोजपुरमा दुई जना, पर्सामा एक जना, रामेछापमा एक जना, सिल्धुलीमा एक जना, मकवानपुरमा एक जना, धार्दिङमा एक जना, ललितपुरमा एक जनाको बाढि र पहिरोमा परि मुत्यु भएको बताईएको छ । यस्तै बाढि र पहिरोमा परि एक दर्जन वढि वेपत्ता भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

 

बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् । घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् ।यस्तै रामेछापमा पनि पहिरोले पुरिएर ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । भोजपुरमा पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर बासिखोराका ६६ वर्षीय जगतबहादुरको मृत्यु भएको हो । भोजपुरकै टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको छ ।यता ललितपुरमा पहिरोले पुरिँदा ११ वर्षीय बालक सरोज जिम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै पर्सामा बाढीले बगाएर पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मुत्यु भएको छ। यसैबीच मकवानपुरमा थाहा नगरपालिका – ३ की बालिका सञ्चना बलामीको मुत्यु भएको हो ।

प्रकाशित मिति : २०७६ असार २७ गते शुक्रवार
प्रतिक्रिया