बाढि पुर्वानुमान महाशाखाको पुर्व सुचना, ५ वटा प्रदेशका तराई क्षेत्र डुवानको खतरा

काठमाडौ, २६ असार । केहि दिन अघि देखी सक्रिय भएको मनसुन अहिले पनि दाङ सहित देशका अधिकांस स्थानमा हल्का देखी मध्यम तथा भारी बर्षा भईरहेको छ । लगातार बर्षातका कारण तराई क्षेत्रका कतिपय होचा स्थानका क्षेत्रहरु डुवानमा परिसकेका छन् भने कतिपय स्थान डुवानमा पर्ने खतरामा रहेको जनाईएको छ । जल तथा मौसम विज्ञान विभाग बाढि पुर्वानुमान महाशाखाले विहिवार विहान एक सुचना जारी गदै आगामी शनिवार सम्मको मौसम सम्वन्धि जानकारी दिएको छ । देशैभर मौसम बदली भई हल्का देखी मध्यम तथा भारी बर्षा भईरहेको भन्दै देशका प्रमुख तथा मझौला नदी खोलाहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै सम्भावित क्षेत्रका बासीन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको हो । साथै चुरे क्षेत्रबाट बग्ने नदी तथा खोलामा एक्कासी बाढि आउन सक्ने भन्दै होचा स्थानहरु डुवानको खतरामा रहेको भन्दै महाशाखाले सचेत हुन आग्रह गरेको छ ।
निरन्तर बर्षातका कारण विहिवार बेलुकी पख कन्काई, सप्तकोशी, तमोर, दधु कोसी, सनु कोसी, कमला र बागमती तथा पुर्व राप्ती जलाधारमा पानीको बहाव बढ्न सक्ने भन्दै सर्तकता रहन आसपास क्षेत्रका बासीन्दालाई सचेत रहन भनिएको छ । त्यस्तैगरी प्रदेश १ र २ को तराई क्षेत्र र प्रदेश ५, ६ र ७ को तराईका होचा स्थानहरु डुवानमा पर्ने खतरा देखीएको बताईएको छ । बाढि पुर्वानुमान महाशाखाका अनुसार शुक्रवार पनि देशका अधिकांस स्थानमा बर्षा हुने र प्रदेश १ र २ र ३ को चुरे क्षेत्रबाट बहने नदीनालाहरुमा आकश्स्मक बाढीकोसम्भावना रहेको छ ।

यस्तै शनिवार पनि बाढिको जोखीम रहेको तर खासगरी पुर्वी तथा मध्य नेपालको प्रदेश १ र २ र ३ को चुरे क्षेरबाट बहने नदीनालाहरुमा एक्कासी बाढि आउने सम्भावना रहेको छ । त्यस्तैगरी कन्काई, सप्तकोशी, तमोर, दधु कोसी, सनु कोसी, कमला र बागमती तथा पुर्व राप्ती जलाधारमा पानीको बहाव बढ्न सक्ने भन्दै सर्तकता रहन आग्रह गरिएको छ । आगामी शनिवार सम्म देशका अधिकांस भुभागमा पार्नी पर्ने भएकाले विभिन्न नदी तथा खोलाको सतह भन्दा माथी बाढि आउने खतरा रहेको भन्दै सम्भावित क्षेत्रका बासनदा सचेत रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७६ असार २६ गते बिहिवार
प्रतिक्रिया