विप्लब कार्यकर्ता प्रहरीबीच गोली हानाहान, २ जनाको मृत्यु

भोजपुर, २५ असार । भोजपुरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकामस्थित शनिबारे हाट लाग्ने ठाउँमा गोली हानाहान भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नरहरी खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै तर्फका एकरएक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता निरकुमार राई रहेका छन् । बुधवार बिहान साढे आठ बजे भएको घटनापछि भोजपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सादा पोशाकमा रहेका प्रहरीमाथि विप्लव कार्यकर्ताले पछाडिबाट गोली हानेको र सँगै रहेका अर्का प्रहरीले जवाफी फायर गरेको प्रजिअ खतिवडाले बताउनुभयो । गोली लागेर घाइते भएका दुवैजनालाई अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रकाशित मिति : २०७६ असार २५ गते बुधवार
प्रतिक्रिया