नगरपालिकामा कर्मचारी अख्तियारको फन्दामा

कृष्ण सिग्देल

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौँडाले पचरौता नगरपालिकामा कार्यरत दुई कर्मचारीलाई घुस सहित रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नायव सुब्बा बद्रीबहादुर थापा र ईन्जिनियर रायप्रकाश सतरा रहेको आयोगले जनाएको छ । सुब्बा बद्रीबहादुर थापालाई महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको प्रमाणित गर्न नगद १४ हजार घुस सहित पक्राउ परेको आयोगले जनाएको छ ।

यस्तै ईन्जिनियर रायप्रकाश सतरालाई नेरामावि, बेनौलीको कम्पाउण्ड बाल निर्माणको सम्पन्न प्रतिवेदनमा हस्ताक्षर गर्न भन्दै नगद १५ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियारको क्षेत्रिय कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ असार २४ गते मङ्गलवार
प्रतिक्रिया