जेष्ठ नागरिकलाई छाता र सल उपहार

अर्जुन परियार, हापुरे, २४ असार । पश्चिम दाङको बबई गाउँपालिका वडा नम्वर ५ को वडा कार्यालयले जेष्ठ नागरिकहरुलाई छाता र सल उपहार दिएको छ । वडा कार्यालयले मंगलवार एक कार्यक्रमको आयोजना गरी ७० वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप छाता र सल प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले वडा नम्वर ५ पदमपुर निबासि ८१ बर्षिय सन्तबिर बिकलाई छाता र सल हस्तान्तरण गदै कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा ४ जना अपाङगता भएका व्यक्ति सहित एक सय वढि जेष्ठ नागरिकलाई सम्मान गरीएको हो ।
साथै कार्यक्रममा सहभागी जेष्ठ नागरिकलाई खाजाको समेत ब्यबस्था गरिएको थियो । वडा अध्यक्ष डम्बरबहादुर श्रीसको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा वडा नम्बर ५ का सदस्य तथा न्यायिक समिती सदस्य लिला भन्डारी, गाउँपालिका प्रेस संयोजक बालकृष्ण पाण्डे, रेडियो हापुरेका स्टेसन म्यानेजर अर्जुन परियार, रेडियो प्रकृतीका समाचार डेस्क प्रमुख लक्ष्मण बिस्वकर्मा, स्वास्थ्य इकाई हापुरेका प्रमुख खिमा पुन लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ असार २४ गते मङ्गलवार
प्रतिक्रिया