भैंसेपाटी प्रहरी प्रभागबाट तीन थुनुवा फरार

काठमाडौं । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट गएराति तीन जना थुनुवा ग्रिल उप्काएर भागेका छन् । फरार भएकाहरुमध्ये दुई जना डाँका मुद्दाका र एक जना लागुऔषधका थुनुवा भएको प्रहरीले जनाएको छ । उनीहरुको नाम गोप्य राखिएको छ ।

ललितपुर परिसर जावलाखेलमा राख्नुपर्नेमा ठाउँ अभावका कारण उनीहरुलाई भैंसेपाटीमा राखिएको थियो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले फरार भएकाहरुको खोजी कार्य जारी रहेको बताए ।

थुनुवा भगाउन सहयोग गरेको आरोपमा भैंसेपाटी प्रभागमा रहेका डिउटी अधिकृतसहित चार जनालाई तत्कालै निलम्बनको प्रक्रिया थालिएको एसएसपी धानुकले बताए । उनीहरुलाई निलम्बन गर्न लागिएको परिसरले जनाएको छ ।

प्रकाशित मिति : २०७६ असार २४ गते मङ्गलवार
प्रतिक्रिया