थारु लोक सिपमा रमाउँदै थारु महिलाहरु

दिप्तीशिखा चौधरी
दंगीशरण,२३ असार/ दंगीशरण वडा न. ३ कि १७ बर्षिय टिका चौधरीले सानो कपडामा सियोले बुटट भर्दै थिईन् । उनले यो माछाको काडाँ हो भनीन् । बुट्टाको नाम नै माछाको काडाँ थियो । हेर्दा आखाँ नै किरमिराउँथ्यो । २३ बर्षिय सर्मिला चौधरीले त्रीभुज आकारको बुट्टा भरेकि थिईन् । सानो सियो बुट्टा पनि मसिनो देखिन्थ्यो ।

सिलाई कटाई सिके पनि हात बाट बुट्टा भर्दा गाह्रो हुन्छ उनले भनीन् । विनीता चौधरी पहिलो पटक कपडा सिलाईमा हात हालेको भएपनि सिप सिक्न पाउँदा खुसी लागेको बताईन् । कार्यक्रममा १५ जना थारु महिलाहरुले थारु पोषाक अङ्गिया सिलाई कटाई तालिम सिकीरहेका छन् । उनीहरु लुगा सिउँने मेसिन नभएर हात बाट लुगा सिलाईरहेका छन् ।

आज सियो र धागो संग नजिक भएको ६ दिन भयो तर सिप सिक्ने भन्दै आखाँ दुखेपनि आफुहरुलाई रमाईलो लागेको उनीहरुले बताए । हाते सिप सिक्न पाउँदा आफुहरुलाई निकै खुसी लागेको उनीहरुले अनुभव सुनाए । अङ्गिया लेहेंगा संग लगाउँने लुगा हो । पहिलेका थारु महिलाहरु लेहेङ्गा र अङ्गिया गाउँथे अहिले ब्लुज लगाउँने गर्दछन् ।

थारु भेषभुषा जगेर्ना होस् र नयाँ पिँढीले पाि सिकोस् भन्ने उद्धेश्यले थारु पोषाक अङ्गिया सिलाई कटाई तालिम शुरु गरेको दाङ हस्तकला संघका अध्यक्ष अशोक थारुले बताए । ७ दिनसमम संचालीत तालीमको प्रशिक्षकमा थारु सिल्पकार मिनादेवी थारु रहेकि छिन् । सहभागिहरु उत्साहपूर्वक सिलाई तालिम सिकीरहेको प्रशिक्षक थारुले बताईन् । दाङ्ग हस्तकला संघ घोराहि दाङको आयोजना तथा नेपाल हस्तकला महांसघ काठ्मान्डौँको प्रायोजकमा तालीम संचालन गरिएको हो ।

यसैबिच दंगीशरण गाउापालिका वडा न. ३ का थारु महिलाहरु ढकिया बनाउँन पाउँदा आफु खुसी भएको बताएका छन् । पछिल्लो समय थारु महिलाहरु विभीन्न तालिम मार्फत थारु सिप कला सिक्न पाउँदा खुसी भएको बताएका छन् । थारुदंगीशरणका थारु महिलाहरुका लागि ढकिया बुनाई तालिम समापनका अवसरमा बोल्ने सहभागि थारु महिलाहरुले यस्तो बताएका हुन् । सहभागि थारु महिला पवित्रा चौधरीले अहिलेको नयाँ पिढीले थारु सामग्री बनाउँन नजानेको अवस्थामा यस्तो प्रकारको तालिमले ठूलो अवसर दिएको बताईन् ।

तालिममा १५ बर्ष देखि ४० बर्ष उमेर समूहका थारु महिलाहरुको सहभागिता रहेको थियो । सो अवसरमा वडा न. ३ का अध्यक्ष पूर्ण चौधरीले दैनीक रुपमा थारु महिलाहरुले प्रयोगमा ल्याउँने ढकिया पछिल्ले पिढीलाई सिकाउँने उद्धेश्यले यस तालिमको आयोजना गरिएको बताए ।

थारु यूवतीहरु अहिले आफनो सस्ंकृती प्रति चासो नदेखाएको भन्दै यस प्रकारको कार्यमा चासो देखाउँन भन्ने आफनो सोच रहेको उनले बताए । गुर्वावा सहकारी सस्ंथा का अध्यक्ष महेन्द्र चौधरीको अध्यक्षता एंव वडा अध्यक्ष पूर्ण बहादुर चौधरीको प्रमूख आतीथ्यतामा भएको कार्यक्रमको शहजीकरण विरवल चौधरीले गरेका थिए । गुर्वावा सहकारी सस्ंथा रावतगाउँको आयोजनामा भएको १५ दिने तालीममा १३ जना थारु महिलाहरुको उपस्थिती रहेको थियो । तालिमको प्रशिक्षकमा कमला चौधरी रहेकि थिईन् ।

 

प्रकाशित मिति : २०७६ असार २३ गते सोमवार
प्रतिक्रिया